नियम ११
सूचना पाटी राख्नु पर्ने
(१) बिक्रेताले आफ्नो बिक्रीकक्षको प्रवेशद्वारमा सजिलै देख्न र पढ्न सक्ने गरी देहाय बमोजिमको विवरण खुलाइएको सूचना पाटी राख्नु पर्नेछः–
(क) अठार वर्ष उमेर नपुगेका व्यक्तिलाई सूर्तिजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने,
(ख) गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ नबेचिने र बेच्न नलगाइने ।
(२) व्यवस्थापकले आफूसंग सम्बन्धित सार्वजनिक स्थलको विभिन्न ठाउँमा धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र उल्लेख भएको सूचना टाँस्नु पर्नेछ ।
(३) उपनियम (१) र (२) बमोजिमको सूचना कम्तीमा तीस सेन्टिमिटर लम्बाई र बीस सेन्टिमिटर चौडाइको हुनु पर्नेछ ।